काठमाडाै । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिलाई छाेडेर अभिभावकीय भूमिकाम रहन सुझाव दिएका छन् । आज नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा लिखित पुस्तक आमा, सपना र ताराहरू सार्वजनिकरण कार्यक्रममा बोल्दै उनले यस्तो सुझाव दिएका हुन् ।
भण्डारी फेरि नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किन लागेको चर्चालाई कोट्याउँदै शर्माले सक्रिय राजनीतिमा आउने वा नआउने विषय उनको स्वविवेकको विषय भएको बताए । यद्यपि यस विषयमा आफूसँग सुझाव मागे समाजको अभिभावक भएर बस्न सुझाव दिने उनले बताए ।
‘पूर्व राष्ट्रपति सामाजिक परिवर्तनको प्रेरक बन्न सक्नु पर्छ । मेरो शुभकामना छ । फेरि सक्रिय राजनीतिमा आउने हो कि इच्छा राखेको को कि भन्ने चर्चा छ ।
तर कसैले शीतल निवासबाट निस्किएको तिम्रो राष्ट्रपति के गरोस् भनेर सोध्यो भने मेरो जवाफ हुनेछ–सामाजिक अभिभावक यो देशलाई चाहिएको छ ता कि कुनै आमाहरूले त्यो पीडा भोग्न नपरोस्’, उनले भने ।
प्रतिक्रिया