काठमाडौ । डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच एकता हुने भएको छ । पार्टी एकताको विषयमा अध्यक्षद्वय राउत र चौधरीबीच निरन्तर वार्ता भैरहेको समाचार बाहिर आएको छ । जनमत र नागरिक उन्मुक्ति पार्टी मिले भने पूरै मधेस कब्जा हुने उद्देश्यले एकता हुन लागेको जनमतका एक नेताले जानकारी दिएका छन् ।
दीर्घकालीन सोचका साथ मोर्चाबन्दी या एकता गरेर अगाडि बढ्नुपर्ने गरी राउत र चौधरीबिच कुराकानी अगाडि बढेको हो । त्यस्तै, जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले पनि मधेसी दलबीच मोर्चाबन्दीको प्रयास गरिरहेका छन् । उनले जनमतका अध्यक्ष राउत र उन्मुक्ति पार्टीका अध्यक्ष चौधरीलाई पनि भेटिसकेको बताईन्छ ।
प्रतिक्रिया