कैलालीमा एक जना मृत भेटिए

धनगढी । कैलालीमा साँढु दाइकाे घरमा पाहुना लाग्न गएका एक जना व्यक्ति मृत भेटिएका छन् । घोडाघोडी नगरपालिका-७ परैचा बस्ने ४८ वर्षीय सोमन चौधरी आज बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराका अनुसार परैचामा साढु दाइ नाता पर्ने बुधराम चौधरीको घरको बरन्डामा उनी मृत भेटिएका हुन् ।

चौधरी हिजाे राति बुधरामको घर गएका थिए । तर, बिहान सुतेकै स्थानमा मृत भेटिएपछि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।