काठमाडाै । नेकपा एमालेबाट निकालिएका डा. भीम रावलले पार्टी कारबाहीमा परेपछि आज पहिलोपटक पत्रकार सम्मेलन गरेर एमाले अध्यक्ष ओलीमाथ कटाक्ष गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामो समयदेखि असन्तुष्ट नेता रावलले पत्रकार सम्मेलनमार्फत ओलीमाथि प्रश्नैप्रश्न गरेका छन् ।
पार्टीका महाधिवेशनदेखि सरकार सञ्चालनसम्ममा ओलीले गरेका क्रियाकलापको असन्तुष्टि जाहेर गर्दै उनले प्रश्न गरेका हुन् । नेपाली जनताको स्वाधीनताको भावनमा किन प्रहार गरेको ?, स्वतन्त्र मधेशको धारणा स्वीकार गनर्जु स्वाधीन र अखण्ड नेपालको प्रधानमन्त्रीलाई सुहाउने काम हो ?, राजनीतिलाई अस्थिर बनाउने काममा किन लागेको ? लगायतका ७४ प्रश्न गरेका छन् ।
आफ्नो पार्टी सदस्यता खोसिएको गुनासो गरेका रावलले अब वैकल्पिक राजनीतिक शक्ति निर्माणको घोषणा पनि गरेका छन् ।
प्रतिक्रिया