परीक नराम्राे भएकाे चिन्ताले तीन किशाेरीले पिए बीस, एककाे मृत्यु

काठमाडाै ।परिक्षा नराम्राे भएकाे भन्दै तीन छात्राले विष सेवन गरेकामा एककाे ज्यान गएकाे छ ।  

महाेत्तरीकाे बर्दिबासमा विष सेवन गरेकी तीन जनामध्ये एक किशोरीको मृत्यु भएको हाे । मृत्यु हुनेमा सिराहाको धनगढी नगरपालिका–१० घर भएकी १६ वर्षीय रिंकु शर्मा छिन् ।

रिंकुसँगै अन्य दुई जना महोत्तरीको मनरासिसुवा नपा–२ घर भएकी १७ वर्षीय उषा पण्डित र सिराहा धनगढी नपा–११ घर भएकी १९ वर्षीय सञ्जु यादवले पनि विष सेवन गरेका थिएपुस १५ गते विष सेवन गरेका तीनै जना माइस्थान जङ्गलमा अचेत अवस्थामा भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उषा र सञ्जुको भने शुभ स्वस्तिक अस्पताल बर्दिबासमा उपचार भइरहेको महोत्तरीका एसपी नुकल पोखरेलले जानकारी दिए ।

उनीहरू बर्दिबास स्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयका जियोमेट्रिक इन्जिनियरिङको विद्यार्थी हुन् । परीक्षा बिग्रेको भनेर उनीहरूले जङ्गलमा गएर विष सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरीले जनाएको छ ।