पाँच एसएसपीहरुकाे सरुवा काे- कहाँ पुगे ?

काठमाडाै । नेपाल प्रहरीका पाँच प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपीहरू) को सरुवा भएको छ ।

हिजाे राति प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले पाँच एसएसपीहरूको सरुवा गरेको हो। सरुवा अनुसार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा विनोद घिमिरे पुगेका छन् ।

काठमाडौं परिसरबाट छोटो समयमै सरुवा गरेर थन्क्याइएका एसएसपी भुपेन्द्रबहादुर खत्रीलाई भरतपुर शिक्षालयमा पठाइएको छ । यस्तै ललितपुर परिसरमा रहेका शेखर खनाललाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पठाइएको छ ।

ललितपुर परिसरमा एसएसपी श्यामकृष्ण अधिकारीलाई पठाइएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमेन्द्र सिंह राठौरको सरुवा भएको छ ।