सर्लाही । सर्लाही बलरा नगरपालिका–९ छतौनास्थित सशस्त्र प्रहरीको चेकपोस्टमा यात्रुबाहक बस पल्टिँदा प्रहरी निरीक्षकको ज्यान गएकाे छ ।
बा ००६ ख २००४ नम्बरको बस छतौनास्थित चेकपोस्टमा पल्टिँदा बसले किचेर सशस्त्र बोर्डर आउट पोस्ट छतौनाका प्रहरी निरीक्षक बिजय तुलाधरको ज्यान गएकाे हो । चेकपोस्टको छेउमा फोनमा कुरा गरिरहेका तुलाधरमाथि नै बस पल्टिएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका तुलाधरको उपचारको क्रममा मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।
बस चेकपोस्टमा राखिएको ड्रमलाई ठक्कर दिँदै पल्टिएको थियो । मृतक तुलाधरको शव प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । बसमा सवार चालकदलका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसमा अन्य यात्रु भने थिएनन् ।
प्रतिक्रिया