आलाेकनगर प्रवेश गर्नुअघि बामदेवकाे यस्ताे सर्त

काठमाडाै ।  बामदेव गौतमले नेकपा एकीकृत समाजवादीमा प्रवेश र्गनुअघि आफ्नाे सर्त राखेका छन् ।

नेकपा एसकाे मुख्यालय आलोकनगर पुगेका गौतमले पार्टी अध्यक्ष माधवकुमार नेपालसामु प्रवेशका लागि आफ्ना सर्तहरू राखेको जनाएका छन् ।

 नेकपा एसका अध्यक्ष नेपालसँग भेटवार्ता गरे पछि गौतमले भने, ‘पुराना कुरा स्मरण गरियो, नयाँ आकासमा कसरी उडने भन्ने छलफल भयो, र पार्टीमा सँगै जाने बारेमा सकारात्मक कुरा भएको छ, हेरौं अब के हुन्छ ?’ 

 पार्टी कार्यकारी राष्ट्रपतिको एजेन्डामा जानु पर्ने, अभिव्यक्ति स्वतन्त्रता हुनु पर्ने तथा केन्द्रीय सदस्य पूर्णकालीन हुनु पर्नेलगायतका सर्त राखेको उनले जानकारी दिएका छन । उनका अनुसार अध्यक्ष नेपालले पार्टी भित्र छलफल गरेर खबर गर्ने आश्वासन दिए पछि बैठक सकिएको थियो ।

 नेकपा एसले तेस्रो मर्यादाक्रममा राखेर गौतमलाई पार्टी भित्र प्रवेश गराउने प्रयास गरिरहेको छ, त्यसैको सिलसिलामा उनी आज नेकपा एसको केन्द्रीय कार्यालय पुगेका हुन् ।