वामदेवकाे आलाेकनगरमा `ईन्ट्री´, माधव नेपालसँग निर्णायक वार्ता हुँदै

काठमाडाै । ´नेकपा एकता राष्ट्रिय अभियान’ का संयाेजक बामदेव गाैतमकाे नेकपा एकीकृत समाजवादी पार्टीकाे मुख्यालय आलाेकनगरमा `ईन्ट्री´ भएकाे छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग निर्णायक वार्ताका लागि उनी त्यहाँ पुगेका हुन् ।

एमालेका पूर्वउपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक गौतम नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने सहमति गरेर निर्णायक छलफलका लागि पार्टी कार्यालयमै पुगेका हुन् ।

हिजो पनि एकीकृत समाजवादीका तर्फबाट आइतबार स्थायी कमिटी सदस्य बलराम बाँस्कोटा, पोलिट्व्युरो सदस्य ताज मोहम्मद मियाँसहितको टोली गौतम निवास भैंसेपाटीमा पुगेर छलफल गरेको थियो ।

एकताको लागि दुवै तर्फबाट कार्यदल नै बनाएर काम अघि बढेरहेको छ । गौतमलाई नेकपा एसले वरिष्ठ नेता बनाउने तयारी गरेको छ। यसअघि अध्यक्ष नेपाल पनि गौतम निवास भैंसेपाटीमा पुगेर छलफल गरेका थिए ।