एमालेबाट निकालिएका डा. भीम रावलले बुधबार पार्टीकाे घाेषणा गर्दै

काठमाडाै । नेकपा एमालेबाट निकालिएका नेता डा. भीम रावलले आउने बुधबार पार्टी घोषणा गर्दैछन् ।

रावललाई १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि पार्टी गठनको तयारीमा जुटेका रावलले राजनीतिक भेटवार्तालाई व्यापकता दिएका छन् ।

रावलनिकट स्रोतका अनुसार आगामी बुधबार दिउँसो १ बजे पार्टी घोषणा गर्नेगरी पत्रकार सम्मेलन आयोजना गर्ने तयारी थालेका छन् ।