काठमाडाै । अख्तियारले नागर्जुन नगरपालिकामा दुईपटक निर्वाचित भएका मेयर मोहन बस्नेतलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा अख्तियारले मुद्दा दर्ता गरेपछि मेयर पद चेट् भएकाे छ ।
नेपाली कांग्रेस बागमती प्रदेश कार्य समितिका निर्वाचित उनीमाथि मुद्दा लागेपछि स्वत : निलम्वनमा परेका हुन् । मेयर बस्नेत निलम्बनमा परेसँगै नगरपालिकाको नेतृत्व उपमेयरमा नेकपा एमालेबाट निर्वाचित सुशीला अधिकारी कार्यबाहक बनेकी छिन्। मेयर निलम्बनमा परेसँगै उपमेयर अधिकार स्वतः कार्यवाहक मेयर बनेको नगरपालिका प्रवक्ता महेश रिमालले जानकारी गराए । अधिकारी पनि दोस्रो पटक उपमेयर निर्वाचित भएकी हुन् ।
गत स्थानीय तह निर्वाचनमा कांग्रेसले ५ दलीय गठबन्धनबाट मेयरसहित ५ वडाध्यक्ष जितेको थियो भने एक्लै लडेको एमालेले उपमेयरसहित ४ वडाध्यक्ष जितेको थियो । राप्रपाबाट निर्वाचित वडाध्यक्ष रिमाल भने नगरपालिकाको प्रवक्ता रहेका छन् ।
मेयर बस्नेतमाथि २२ करोडभन्दा माथि बिगोसहित भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ ।
प्रतिक्रिया