काठमाडाै । १७ वर्षीय एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेख नारायण नगरपालिका-६ घर भई काठमाडौं महानगरपालिका-३० रूद्रमार्ग बस्ने २ किशाेरलाई प्रहरीले पक्राउ गरेकाे छ ।
१८ वर्षीय किशोरहरूले ती किशोरीलाई घुम्न जाने भनी ललाई फकाई आफ्नो कोठामा लगेर मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई हिजाे पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया