लुक्लाबाट काठमाडाैका लागि उडकाे हेलिकप्टरमा चरा ठाेक्कियाे, सबै यात्रु सकुशल

काठमाबडाै । लुक्लाबाट काठमाडौका लागि उडेको हेलिकप्टरमा चरा ठोक्किँदा भक्तपुरको साँगामा आकस्मिक अवतरण गराईएकाे छ ।

आज बिहान सवा १० बजे हेलि एभेरेष्टको ९ एन–एकेजी हेलिकप्टर लुक्लाबाट काठमाडौं आउँदै गर्दा चरा ठोक्किएको नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

उनका अनुसार ११ बजेर २ मिनेटमा नलिन्चोक भन्दा एक माइल पूर्वमा चरा सिसामा ठोक्किएको हो । चरा ठोक्किएपछि पाइलटले हेलिकप्टर साँगामा आकस्मिक अवतरण गराएको उनले बताए ।

हेलिकप्टरमा विदेशी पाइलट र पाँच जना यात्रु थिए । हेलिकप्टरको बाहिरी भागमा केही क्षति पुगेको हुनाले प्राविधिक टोलीले साँगा पुगेर जाँच गर्ने भुलले बताए । ‘प्राविधिक टोलीले त्यहाँ पुगेर जाँच गर्छ । यात्रुहरू गाडीबाट फर्काइएका छन्,’ उनले भने ।