दक्षिण काेरियामा विमान दुर्घटना, २८ काे मृत्यु भएकाे पुष्टी

एजेन्सी । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब १८१ जना यात्रु सवार विमान दुर्घटना भएको छ ।

ल्याण्ड गर्ने बेला धावनमार्गमा चिप्लिएर विमान दुर्घटना भएको हो । त्यसपछि विमानमा आगो लागेको थियो ।

समाचार एजेन्सी योनहापले यो दुर्घटनामा अहिलेसम्म २८ जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ ।