जनकपुर । नेकपा एमालेका महासचिव शंकर पाेखरेलले पूूर्व राष्ट्रपति विद्दादेवी भण्डारीकाे पार्टी सदस्यता नविकरण भएकाे कुरा पार्टीलाई थाहा नभएकाे बताएका छन् ।
आज जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘उहाँको उमेर छ, सामाजिक काममा उहाँको संलग्नतालाई सकारात्मक रुपमा लिनुपर्छ । अन्यथा बुझ्नुपर्ने आवश्यकता छैन ।’
भनेपछि भोलिको दिनमा उहाँ अध्यक्षको दाबेदार पनि हो भन्ने पत्रकारकाे जिज्ञासामा उनले थपे, ‘त्यो त पार्टीको कुरा हो । को नेता हुने भन्ने पार्टी नेता कार्यकर्ताको कुरा हो । जहाँसम्म उहाँ पार्टीको पूर्वनेता र पूर्वराष्ट्रपतिको हैसियतले सामाजिक जीवनमा सक्रिय हुने कुरा आवश्यक पनि छ । उहाँको जिम्मेवारीको कुरा पनि छ ।
उनले पार्टीमा अहिले कुनै गुट नरहेको दाबी गर्दै पार्टीलाई निर्णायक शक्ति बनाउने अभियानमा रहेको बताए ।
उनले कांग्रेस र एमालेबीच २०८४ को चुनाव एक्लाएक्लै लड्ने सहमति भएको पनि बताए । महासचिव पोखरेलले एमालेले सके एमालेले, कांग्रेसले सके कांग्रेसले चुनावमा एकल बहुमत ल्याउने प्रयास गर्ने भन्दै जित्नेले सरकार चलाउने बताए ।
प्रतिक्रिया