काठमाडाै । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले वर्तमान सरकारलाई श्रमिकको पक्षमा झुकाएरै छाेड्ने बताएका छन् ।
चाैधरीले अहिलेको सरकार उद्योगी, दलाल र पुँजीपतिहरुको पक्षमा बनेको आरोप लगाउदै श्रमिककाे पक्षमा झुकाएर छाेड्ने बताएका हुन् ।
काठमाडौंमा आज आयोजित सात्क्षात्कार कार्यक्रममा उनले दलाल पुँजीपतिहरुको लागि बनेको सरकारले श्रमिकहरुको पक्षमा निर्णय लिन नसक्ने जिकिर गरे ।
श्रमीकहरुको पक्षमा आफ्नो पार्टीले संसद र सडकमा साथ दिने भन्दै उनले अहिलेको सरकारलाई कुनै पनि हालतमा दलाल, उद्योगी र पुँजीपतिहरुको पक्षमा काम गर्न नदिने बताए ।
अनौपाचारिक क्षेत्रमा रहेका श्रमिकलाई औपचारिक क्षेत्रमा ल्याउन आफ्नो पार्टी सदैव तयार रहेको उनको भनाइ छ ।
प्रतिक्रिया