बाठमाडाैमा बढ्याे चिसाे, दिउसाे वर्षा हुने संभावना

काठमाडाै । काठमाडाै उपत्यकामा आज चिसाे बढेकाे छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन गरिएकाे छ।

हिजाे काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन भएको थियो।

त्यसअघि बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसम, बुधबार ७.५ डिग्री सेल्सियस, सोमबार र मंगलबार ४.८ डिग्री सेल्सियस मापन भएको थियो।

शनिबार काठमाडौंको अधिकतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियसबीच रहने अनुमान छ।

आज दिउसाे काठमाडाैमा वर्षा हुने संभावना रहेकाे विभागले जनाएकाे छ ।