रविकाे बयान सकियाे, सबैकाे बयान सकेपछि मात्रै थुनछेक बहस हुने

पोखरा । सहकारीकाे रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकाे वयान सकिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधिश नीतिज राईको इजालासमा बिहीबार र शुक्रबार दुई दिन गरी रविको वयान लिईएको अदालतका स्रेस्तेदार राजन खनालले बताएञञ ।

योसँगै रविसहित पूर्वडिआईजी छविलाल जोशी र लिला पछाईको वयान सकिएको छ । पूर्वसांसद मिना गुरुङ, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, आरती गुरुङको बयान लिन बाँकी रहेकाे छ ।उनीहरुकाे आइतबारदेखि पुनः वयान सुरु हुनेछ । सबैको वयान सकिएपछि मात्रै थुनछेक बहस हुनेछ ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले गत शुक्रबार र आइतबार गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरेको थियो । रविविरुद्ध सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा दर्ता भएको छ ।