काठमाडाै । नेकपा एमालेबाट निष्काशित भएका भीम रावलले नयाँ पार्टी खोल्ने भएका छन् । उनी निकट स्रोतका अनुसार उनले नयाँ पार्टी खोल्ने तयारी गरेका हुन् । केही दिनभित्रै रावलले पत्रकार सम्मेलन गर्ने तयारी थालेको स्रोतले जानकारी दियो ।
पत्रकार सम्मेलनमा केपी ओलीले गरेको निर्णयबारे आफ्नो धारणा राखेर देशब्यापी अभियानमा निस्कने योजना छ,’ स्रोतले भन्यो । देश दौडाहाको मुख्य उद्देश्य नै नयाँ पार्टी बनाउनु रहने स्रोतको भनाइ छ । ‘हामीलाई कतिपयले माधव नेपालको पार्टीमा जान्छन् भन्ने चर्चा गरिरहेका छन् । तर, छुट्टै पार्टी बनाएर अगाडि बढ्ने सोंचमा उहाँ हुनुहुन्छ,’ स्रोतले भन्यो ।
पूर्व पार्टी उपाध्यक्ष समेत रहेका रावललाई बुधबार एमालेको सचिवालय बैठकले संगठित सदस्य समेतबाट हटाउने निर्णय गरेको थियो । २०७९ को मंसिरमा चितवनमा सम्पन्न भएको एमालेको दसौं महाधिवेशनमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका रावल अध्यक्षमा पराजित भएका थिए । त्यसपछि उनी एमालेमा सक्रिय हुने वातावरण बनेको थिएन ।
प्रतिक्रिया