काठमाडाै ।´हनिट्रयाप मुद्दा’ मा फरार निलम्बित प्रहरी इन्स्पेक्टर विनु शाही ‘सुटुक्क’ अदालतमा उपस्थित जनाएकी छिन्। प्रहरीको फरार सूचीमा रहेकी शाही आज ललितपुर जिल्ला अदालतमा आफैं उपस्थित भएकी हुन् ।शाहीलाई पक्राउ गर्न प्रहरीले सर्वाधिक खोजतलास गर्दै आएको भए पनि हालसम्म फरार नै रहेकी थिईन ।
उनी प्रहरीलाई चक्मा दिँदै अदालत पुगेकी हुन् । न्यायाधीश रिताकुमारी बख्रेलको इजलासमा उनको बयानका लागि पेसी तोकिएको स्रोतले जनाएको छ । इन्द्रकुमार राईको जाहेरीले भीमादेवी थापा समेत ६ जनाविरुद्ध आपराधिक लाभको मुद्दा दायर भएको थियो ।
सोही मुद्दामा फरार शाही आज अदालत प्रवेश गरेकी हुन् । उनी प्रहरी प्रभाग भैंसेपाटीमा कार्यरत रहेको बेला एक जना व्यवसायीलाई बलात्कार मुद्दामा फसाइ दिने भन्दै हनिट्रयाप समूहसँग मिलेर ३० लाख रुपैंयाँ रकम असुलेको आरोप छ ।
प्रतिक्रिया