बाजुरामा एका बिहानै भुकम्पकाे धक्का, संभावित क्षतिकाे विवरण आउन बाँकी

काेल्टी । आज बिहान बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

बाजुराकाे गोत्री केन्द्रविन्दु बनाएर ५.२ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । केन्द्रका अनुसार आज बिहान ४ बजेर १४ मिनेट जाँदा भूकम्प गएको हो ।

यस भूकम्पको धक्का सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लामा महसुस गरिएको छ । तर, हालसम्म भूकम्पले पुर्‍याएको सम्भावित क्षतिबारे कुनै जानकारी भने प्राप्त भएको छैन ।