काठमाडाै । नेपाल पत्रकार महासंघकाे निर्वाचमा अध्यक्षमा निर्वाचित निर्मला शर्मा र केन्द्रीय सदस्यमा निर्वाचित मनुका कुँवरलाई साहित्यिक पत्रकार संङघले सम्मान गरेकाे छ ।
२०२९ सालमा गठन भएकाे साहित्यिक पत्रकार संघले देशमा भएका विभिन्न खालकाे राजनीतिक उथलपुथलका बेला राजनीतिक घटनाक्रममा विभिन्न खालकाे रचनात्मक कार्यहरु गर्दै आइरहेकाे छ । नेपाली पत्रकारिताकाे जगतमा पत्रकार महासंघकाे नेतृत्वमा पहिलाेपटक महिलाले नेतृत्व गरेकाे कारण पनि शर्मालाई सम्मान गरिएकाे संघले जनाएकाे छ ।
कार्यक्रमकाे प्रमुख अतिथि रहेका प्रतिनिधिसभाका सांसद तथा राप्रपा नेपालका नेता पशुपति शमशेर राणाले पत्रकारिता जगतकाे संस्थाकाे नेतृत्व हत्याउन सफल भएकाेमा निर्मला शर्माप्रति बधाई ज्ञापन गरे । उनले पत्रकारिताबिना देशकाे राजनीतिकज्ञलाई राम्राे दिशामा हिडाउनका लागि गाह्राे हुने भएकाेले पत्रकारितालाई आफूले सधै अनुशरण गर्ने समेत बताए ।
नेपाल विश्वमा नै जलस्राेतकाे धनी भएर पनि यस कुरालाई बाहिर ल्याउन र उजागर गर्न पत्रकारिताकै माध्यमले काम गरेकाे समेत बताए ।
आफूहरु सरकारकाे विपक्षमा रहेर र पत्रकारिताकै साथ लिएर सरकारकाे काम बारबाहीलाई खबरदारी समेत गर्दै आईरहेकाे बताए ।
यही मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघकाे निर्वाचनमा निर्मला शर्माले अध्यक्षमा जित हासिल गरेकी थिईन । उनी मासंघकाे ईतिहासमा नेतृत्व हत्याउने पहिलाे महिला पत्रकार बन्न सफल समेत भएकी छिन ।
कार्यक्रमको अध्यक्षता साहित्य पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले गरेका थिए ।
कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, राप्रपा नेता तथा समाजसेवी सोभित उप्रेतीलगायतका सहभागी थिए ।
प्रतिक्रिया