सर्बाेच्चले खाेज्याे बेचन झालाई थुनामा पठाउनुकाे कारण

काठमाडाै ।सर्बाेच्च हदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी कारागार चलान भएका बेचन झालाई थुनामा पठाउनुकाे कारण खाेजेकाे छ ।

सर्वोच्च अदालतले झालाई थुनामा पठाउनुको कारण पेश गर्न उच्च अदालत पाटनलाई आदेश दिएको हाे । झाले थुनामुक्त हुनुपर्ने माग गर्दै दिएको निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन माग गरेको हो । न्यायाधीश कुमार रेग्मीको इजलासले कैफियत प्रतिवेदन माग गर्ने आदेश पनि गरेको हो ।

आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदरको माग गर्दै झाले हिजाे मात्रै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लगेको भन्दै ठगी गरेको आरोपमा उनी पुर्पक्षका लागि थुनामा छन् ।

जिल्ला अदालतको आदेश सदर गर्दै उच्च अदालतले गत पुस १ गते उनलाई थुनामा पठाएको थियो । झासँगै प्रतीक थापालाई पनि उच्चले थुनामा नै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।

प्रतीक पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा हुन् । सोही मुद्दामा पूर्वमन्त्रीहरु बालकृष्ण खाण र टोपबहादुर रायमाझी तथा निलम्बित सचिव टेकनारायण पाण्डे समेत प्रतिवादी छन् ।