‘हनी ट्र्यापर’ को आराेपमा शाेभा पाठक पक्राउ

काठमाडौं । ‘हनी ट्र्यापर’ को आराेपमा धादिङकी शोभा पाठकलाई प्रहरीले आज जिल्ला अदालत काठमाडौंबाट नियन्त्रणमा लिएको छ ।

साइबर अपराधको उजुरीमा उनलाई दिउँसो काठमाडौं जिल्ला अदालत परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीविरुद्ध राजकुमार त्रिपाठीले साइबर कसुरमा जाहेरी दिएका थिए भने केही समयअघिबबबबबबबबबब काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार पाठकलाई प्रहरी वृत्त स्वयम्भू लगिएको छ ।

जानुका पाठक भनिने शोभा पाठकविरुद्ध मंसिर १८ मा एमाले नेता महेश बस्नेतलाई मुद्दा हालेकी थिईन । उनी विरुद्ध कारोबार ऐनअन्तर्गत कारवाहीका लागि पक्राउ पुर्जी जारी भएको प्रहरी बृत्त स्वयम्भूका डीएसपी उध्दव भाटले बताए । उनलाई खोजी गर्ने क्रममा जिल्ला अदालतबाट नियन्त्रणमा लिइएको हो ।

पाठकले यसअघि एमाले नेता बस्नेतसँग ठूलो धनराशी माग गरेर ब्ल्याकमेल गरेकाे आराेपमा उनीविरुद्ध आपराधिक लाभको मुद्दा चलेको थियो । बस्नेतविरुद्ध उनले दायर गरेको रिट अदालतले खारेज गरेको थियो ।

उनले यसअघि पनि विभिन्न व्यक्तिसँग विहे गर्दै रकम लिएर छाड्ने गरेको आरोप छ ।