रवि लामिछानेलाई कारबाही गर्न माग दाबीसहित प्रहरीले प्रतिवेदन बुझायाे

काठमाडाै । नेपाल प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय कास्कीलाई बुझाएको छ ।

अनुसन्धान सकेर रायसहितको प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वसन्त शर्माले बताए ।

कार्तिक २ गते पक्राउ परेका रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा प्रहरीले अनुसन्धान गरेको थियो ।

प्रतिवेदनमा प्रहरीले लामिछानेलाई कारबाही गर्न माग दाबी गर्दै प्रतिवेदन बुझाएकाे हाे ।