काठमाडाै । सुनसरी र चितवनबाट करिब १ सय २६ केजी गाँजासहित प्रहरीले २ जना पक्राउ गरेकाे छ।
प्रहरीका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–१७ बाट १ सय २३ किलो ३ सय ९० ग्रामसहित एक जना र चितवनको रत्ननगर नगरपालिका–१० निपनी चोकबाट २ किलो ८ सय ६४ ग्रामसहित एक जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१७ बस्ने ३१ वर्षीय धन बहादुर भण्डारी र रत्ननगर–१० बस्ने ४६ वर्षीय सरद लम्साल रहेका छन् ।
उनीहरुकाे विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।
प्रतिक्रिया