माईक्राे बस दुर्घनामा परि दुईकाे मृत्यु

दाङ । दाङमा माइक्रो दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् । कपिलवस्तुको चन्द्रौटाबाट बर्दिया जाँदै गरेको लु १ ज ४२९८ नम्बरको माइक्रो बिहान ६ बजे दाङको लमही नगरपालिका–९ च्याउखोलास्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि कपिलवस्तुको शिवराज नगरपालिका – ३ का ४० वर्षीय पृथी थारु र ६० वर्षीया फूलसी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ ।

घाईतेहरुको सबैको अवस्था मध्यम रहेको तथा दाङको लमही अस्पतालमा उपचार जारी छ । गाडीमा १४ जना सवार रहेको प्रहरीले जानकारी दिए । तीव्र गतिका कारण गाडी अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । यसबारेमा थप अनुसन्धान प्रहरीले गरिरहेकाे छ ।