नेकपा एसकाे कार्यविभाजन भाेली हुने

काठमाडौ । नेकपा एकीकृत समाजवादी पार्टीकाे स्थायी कमिटी बैठकमा आज पदाधिकारी तथा सदस्यहरुको बोल्ने क्रम सकिने भएकाे छ । बाँकी कार्यसूचीमा भोलि प्रवेश गरिने भएको छ ।

महासचिव घनश्याम भुसालका अनुसार आज साँझ ५ बजेसम्म बैठक चल्नेछ भने बोल्ने क्रम सकिएपछि अरु काम भोलि हुनेछ ।

भोलिको बैठकमा कार्ययोजना तथा पदाधिकारी तथा केन्द्रीय सदस्यको कार्यविभाजन पहिलो सूचीमा राखिने बताईएकाे छ ।

त्यसबाहेक आन्दोलनसम्बन्धी एजेण्डामा छलफल गर्न बाँकी छ । भोलिकै बैठकमा विधान संशोधनको काम पनि सकिने महासचिव भुसालले बताए ।

बैठक पार्टी मुख्यालय आलोकनगरमा बसिरहेकाे छ ।