आफैलाई आगाे लगाएकी महिलाकाे मृत्यु

http://roadmapnews.com/wp-content/uploads/2024/08/cropped-logo.jpg

काठमाडाै । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ मा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाकाे मृत्यु भएकाे छ । चितवनको रत्ननगर नगरपालिका–१२ घर भएर नारायणटार बस्ने ३८ बर्षीय कमला आचार्यको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काठमाडौंका एसएसपी बसन्त रजौरेले जानकारी दिए ।

शनिबार बा.३५ प ५८१८ नम्बरको स्कुटर चढेर कागेश्वरी मनोहरा नगरपालिका–८ को किराँत चोकस्थित बागमती नदी किनारमा गएर उनले आफैलाई आगो लगाएकी थिइन् । उनी परिवारसँग बौद्धस्थित नारायणटारमा बस्ने गर्थिन् ।