यस्ताे रहन्छ आजकाे माैसम

काठमाडाै । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले तराईका केही स्थानमा हुस्सु लागेको छ।

विभागका अनुसार आज दिउँसो र राति मुख्यतया मौसम सफा रहने छ ।

आइतबार बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैमा अनुरोध गरेको छ।