काठमाडाै । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको एकल इजलासले प्नसाईलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको दाबी गर्दै विवादास्पद कागजात सार्वजनिक गरेपछि उनी भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए ।
साइबर अपराधमा प्रहरीले अनुसन्धान सकेर मुद्दा दायर गरेपछि आज थुनछेक बहसपछि उनलाई न्यायाधीशले धरौटीमा रिहा गर्न आदेश दिएका हुन् ।
प्रतिक्रिया