रवि अझै पाँच दिन हिरासतमै रहने

पाेखरा ।सहकारीकाे रकम हिनामिना काण्डमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएकाे छ।

जिल्ला अदालत कास्कीले उनलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएकाे हाे । (बिहीबार) कास्की जिल्ला अदालतले प्रहरीलाई अनुसन्धानका लागि थप पाँच दिनको समय दिएको हो ।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेको पछिल्लो पटक थपिएको ४ दिनको म्याद सकिएपछि बिहीबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।