पाेखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई म्याद थपका लागि आज कास्कीका उपस्थित गराइएको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई सातौं पटक अदालत लगिएको हो ।
पछिल्लो पटक थपिएको ४ दिनको हिरासत म्याद बुधबार बेलुका नै सकिएकाले आज अदालत लगेर पुनः म्याद थप्न लागिएको प्रहरीले जनाएको छ । गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने त्यसयता प्रहरीको हिरासतमा रहेका छन् । यसबीच उनीविरुद्ध यसअघि ६ पटकसम्म हिरासत म्याद थपिएको छ ।
प्रतिक्रिया