काठमाडाै । सहकारीको रकम हिनामिनाको आरोपमा अनुसन्धानका लागि पर्सा पुर्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको आज बयान हुने भएको छ । बयान सकिएपछि लामिछानेलाई फेरि कास्की पठाउने पर्सा प्रहरीले बताएको छ
कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई हिजो पोखराबाट हवाई मार्ग हुँदै काठमाडौं ल्याई सिमरा लगिएकाे थियो । त्यसपछि लामिछानेलाई गाडीमा वीरगञ्ज लगिएको थियो । लामिछानेलाई पर्सा लग्ने जानकारी पाएपछि उनका समर्थकहरूले सिमरामा प्रदर्शन गरेका थिए ।
जीबी राई सञ्चालक रहेको सानो पाइला बचत सहकारीको झण्डै एक अर्ब ३५ करोड रुपैयाँ हिनामिना विरुद्ध उजुरी परेपछि पर्सा जिल्ला अदालतले लामिछानेलाई पक्राउ पुर्जी जारी गरेकाे थियो । लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्व डीआईजी छविलाल जोशीलाई भने पोखराबाट सडक मार्ग हुँदै वीरगञ्ज पुर्याइएको प्रहरीले जनाएको छ ।
लामिछाने र जोशीमाथि वीरगञ्जको सानोपाइला बचत तथा ऋण सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ । यसअघि लामिछाने र जोशीलाई छानबिन गर्न कास्की जिल्ला अदालतले आइतबार चार दिनको म्याद थप गरेको थियो ।
प्रतिक्रिया