काठमाड। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा विहान ९ बजे जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स भिड्नेछन् भने दाेस्राे खेल सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुनेछ ।
लुम्बिनीलाई आजको खेल जित्नैपर्ने दबाबमा रहेको छ ।जनकपुर भने लगातार तीन खेलमा अंक बटुल्न सफल भएको छ ।
उता सुदूरपश्चिम पनि तीन खेलमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
चितवन राइनोजले १ खेलमा जित निकाल्दा २ खेलमा पराजित भएको छ ।
प्रतिक्रिया