काठमाडाै । चीनको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताएका छन् ।
विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अबको १८ महिनापछि प्रधानमन्त्रीको पद शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, अब १८ महिनाजति छ क्यारे मेरो पालो, त्यसपछि शेरबहादुर देउवाजीलाई हस्तान्तरण गर्छु । चुनावमा सबैले बहुमत ल्याउने कोसिस गरौँला । हाम्रो गठबन्धन चुनावसम्मका लागि हो ।
प्रधानमन्त्री ओलीले अनुकूल हेरेर भारत भ्रमणमा जानेसमेत बताएका छन् ।
प्रतिक्रिया