काठमाडाै । सहरीको रकम हिनामिना आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले हिजाे राति नै चितवनबाट पोखरा पुर्याईएकाे छ ।
बिहान उनका समर्थकहरुको भिडभाड हुनसक्ने भएपछि प्रहरीले राती नै सडकमार्ग हुँदै पोखरा लगिएकाे हाे ।
गए राति ८ बजे जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा रवि लामिछानेको बयान सकिए पनि उनलाई खाना खुवार बयान प्रमाणित गरेर सरकारी वकिलको कार्यालयबाट बिदा गरी प्रहरीमा पठाउँदा राती ९ बजेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साले पनि पक्राउको आदेश पाइसकेकोले राती नै वीरगञ्ज लगिने तयारी भए पनि आइतबार हिरासतमा राख्ने म्याद थप गर्नुपर्ने भएकोले लामिछानेलाई पोखरा लगिएको हो ।
३ बजे लामिछानेलाई चितवनबाट प्रहरीले पोखरा लगेको थियो । तीन घण्टामा पोखरा पुर्याइएको प्रहरीले जनाएको छ ।
चितवनको सहारा सहकारीको विषयमा अनुसन्धान गर्न प्रहरीले मंगलबार उनलाई चितवन लगेको थियो । बयान सकिएपछि बुधबार बेलुका नै लामिछानेलाई पोखरा पठाइएको चितवनका एसपी गौतम मिश्रले बताए। बुधबार बयान चलिरहँदा सडकमा रास्वपाका कार्यकर्ता र प्रहरीबीच भरतपुरमा झडप भएको थियो । लामिछानेविरुद्ध बुधबार मात्र पर्सामा पनि पक्राउ पूर्जी जारी भएको छ । गितेन्द्रबाबु (जीबी) राईको समूहले सञ्चालन गरेको वीरगञ्जस्थित सानो पाइला सहकारीको रकम गोर्खा मिडियामा गैरकानुनी रुपमा गएको पाइएपछि पर्सामा पनि प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको हो ।
यसअघि उनको कास्की, रुपन्देही र काठमाडौंमा बयान भइसकेको छ । जिबी राईको समूहले सञ्चालन गरेका पाँच वटा सहकारीको रकम गैरकानुनी रुपमा गोर्खा मिडिया लगायत कम्पनीमा लगिएको थियो । लामिछाने गोर्खा मिडियाको सञ्चालक तथा प्रबन्ध निर्देशक हुँदा कम्पनीको रकम खर्च गर्न उनको पनि भूमिका रहेको दाबी गरी पाँच जिल्लामा उनीविरुद्ध मुद्दा दायर हुन लागेको हो ।
सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा उनीमाथि दायर गर्न लागिएको छ ।
प्रतिक्रिया