पर्सा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउपुर्जी जारी भएकाे छ ।
वीरगञ्जस्थित सानो पाइला सहकारीको रकम गोर्खा मिडियामा गएको देखिएपछि लामिछानेलाई पर्सामा पनि प्रहरीले अनुसन्धान अगाडी बढाएकाे थियाे । प्रहरीले यसका लागि अदालतसङ्ग पक्राउ गर्न अनुमति लिएकाे हाे ।
लामिछानेसहित १४ जनालाई पक्राउ गर्न आज जिल्ला अदालत, पर्साले पक्राउ अनुमति दिएको स्रोतले जानकारी दिएको छ ।
गत २ कात्तिकमा पक्राउ परेका लामिछानेको अहिले चितवनमा बयान जारी छ । पर्सामा गीतेन्द्रबाबु राई (जीवी), छविलाल जोशीलगायतविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
सानो पाइला सहकारीको हिनामिनामा एक चरणमा अनुसन्धान गरी प्रहरीले गत वर्ष नै मुद्दा दायर गरिसकेको छ ।
प्रतिक्रिया