रविकाे बयान आज पनि हुँँदै

चितवन । सहकारीकाे रकम हिनामिना प्रकरणमा पक्राउ परेर पाेखरा,बुटवल,काठमाडाै हुँदै चितवन पुर्याईएका रवि लामिछानेको बयान जिल्ला सरकारी वकिल कार्यालय चितवनमा आज पनि हुने भएकाे छ ।

चितवनका जिल्ला न्यायाधीवक्ता शान्तिप्रसाद लुइँटेलले लामिछानेसँग बयान लिइरहेका छन् । उनकाे हिजाे चार बजेसम्म बयान चलेकाे थियाे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा तत्कालीन गार्खा मिडिया प्रालिका सञ्चालक, सेयर होल्डर तथा प्रबन्ध निर्देशक र लामिछानेमाथि साहरा चितवन सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप छ ।

असोज ९ गतेको निवेदन र जिल्ला सरकारी वकिलले दर्ता गरेको मुद्दामा लामिछानेको नाममा किटानी जाहेरी थिएन । प्रहरीले २४ जना पीडितहरुसँग मंसिर ५ गते लिएको पुरक जाहेरीमा लामिछानेसहित १७ जना विरुद्ध सहकारीको रकम हिनामिना गरेको किटानी जाहेरी परेको थियो ।

सोही जाहेरीका आधारमा लामिछाने विरुद्ध सहकारीको रकम हिनामिना गरेको अभियोगमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ । सोही क्रममा उनलाई हिजाे बिहान जहाजमार्फत बयानको लागि चितवन ल्याइएको हो ।