आन्तरिक हवाई दर बढ्याे

काठमाडाै । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आज(बुधबार)देखि लागू हुने गरी हवाई भाडा बढाएको छ ।

क्यानका अनुसार नेपाल आयल निगमले मंसिर १५ गते हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएसँगै आन्तरिक हवाई भाडा वृद्धि भएको जनाएकाे छ ।

विराटनगर-धनगढीको भाडा १२५ रुपैयाँले बढ्दा काठमाडौँ-धनगढीको भाडा ९० रुपैयाँले बढेको छ । पोखरा-भद्रपुरको भाडा ८० रुपैयाँले बढेको छ ।

त्यस्तै, विराटनगर-भैरहवा ८० रुपैयाँ, काठमाडौँ-सिमराको भाडा १५ रुपैयाँ, काठमाडौँ-विराटनग ५० रुपैयाँ, काठमाडौँ-पोखरा ३० र काठमाडौँ-भैरहवा ४० रुपैयाँले भाडा बढेको क्यानले जनाएको छ ।