काठमाडाै ।नेपाल प्रिमियर लिग (एनपीएल) मा ‘बेटिङ’ गरेकाे अरोपमा चार जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आन चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुई भारतीय नागरिक छन् ।
उनीहरूलाई हिजाे (सोमबार)को खेलमा बेटिङ गराएको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । मंगलबारको खेलमा बेटिङ गराएको आरोपमा अरू दुईजनालाई पक्राउ गरिएको सीआईबीका प्रमुख एवं एआईजी दीपक थापाले जानकारी दिए ।
उनीहरूलाई कीर्तिपुरस्थित त्रिवि खेल मैदानबाटै पक्राउ गरिएको हो। उनीहरूविरुद्ध आज मुद्दा चलाउने तयारी गरिएको छ ।
प्रतिक्रिया