दुर्गा प्रसाईं अझै चार दिन हिरासतमा रहने

काठमाडाै। मेडिकल व्यपसायी दुर्गा प्रसाईं अझै चार दिन हिरासतमा बस्ने भएका छन् ।

जिल्ला अदालत काठमाडौंले  प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको हाे।विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत कसुर गरेको आरोपमा पक्राउ परेका प्रसाईंलाई आज थप चार दिन हिरासतमा राख्न अनुमति दिएको नेपाल प्रहरीको साइबर ब्युरोका एसपी दिपकराज अवस्थीले जानकारी दिए।

गत आइतबार उनलाई पाँच दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको थियो।