काठमाडाै ।काठमाडाैबाट रामेछाप जाँदै गरेकाे बस गोकुलगंगा गाउँपालिका–६ सिमखोलामा दुर्घटना हुँदा पाँच जनाकाे मृत्यु भएको छ ।
दुर्घटनामा गाउँपालिकाकै वडा नम्बर ४ का वडा अध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको पुष्टि भएकाे हाे ।
मृत्यु हुने ५ जनामा २ जनाको सनाखत भएकोमा एक जना वडाध्यक्ष र अर्को एक जना गाडी चालक हिराबहादुर कार्की रहेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले नेपाल प्रेसलाई जानकारी दिए ।
५२ वर्षका बस्नेत २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
काठमाडौंबाट रामेछाप गइरहेको फोर्स गाडी रामेछापकै गोकुलगंगा गाउँपालिका–६ सिमखोलामा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर मृत्यु हुनेमा २ पुरुष, २ जना महिला र एक बच्चा रहेको प्रहरीले जनाएको छ । गाडीमा ८ जना सवार रहेकोमा ३ जना घाइतेको उद्धार गरिएको छ ।
प्रतिक्रिया