भारत हुँदै कुवेत जान लागेका १३ युवतीकाे उद्धार

रुपन्देही । रूपन्देही जिल्लाको बेलहिया नाका हुँदै अवैध रुपमा भारत हुँदै कुवेत जान थालेका १३ जना युवतीको उद्धार भएको छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी नवीन पौडेलका अनुसार उनीहरुलाई उद्धार गरिएको जानकारी दिएका हुन्।

पौडेलले रूपन्देहीको शान्ति पुनःस्थापना गृहले युवतीहरुको उद्धार गरेको र थप अध्ययन भइरहेको बताए ।

शान्ति पुनःस्थापना गृह रूपन्देहीका सुपरभाइजर नितेश चौधरीले बिहीबार दिउँसो ३ बजे अवैध रुपमा कुवेत जान लागेका युवतीको उद्धार गरिएको बताए । चौधरीले युवतीसँग श्रम स्वीकृति, बीमालगायतका कागजपत्र नभएकाले शंका लागेकाले उद्धार गरिएको जानकारी दिए ।