परराष्ट्रमन्त्री चीन प्रस्थान

काठमाडाै । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज चीन प्रस्थान गरेकी छिन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

परराष्ट्रमन्त्री नियुक्त भएपछि राणाको यो पहिलो चीन भ्रमण हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरूले उनलाई बिदाइ गरेका छन् ।