काठमाडाै । आज अपरान्ह मन्त्रिपरिषद बैठक आज साँझ बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीको चीन भ्रमणको औपचारिक निर्णय गर्न बैठक बस्न लागेको हो । आजको बैठकमा चीन भ्रमणका एजेन्डाबारेमा पनि छलफल हुनेछ । प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमण जाने तयारीमा छन् । त्यसअघि भ्रमणको तयारीका लागि आजै दिउँसो परराष्ट्रमन्त्री आरजु राणा चीन जाँदैछिन् ।
मन्त्री राणाले शुक्रबार (मंसिर १४) चिनियाँ विदेशमन्त्री वाङ यीसँग छेङ्दुमा भेटवार्ता गर्ने तय भएको छ । भेटमा प्रधानमन्त्रीको भ्रमण दुई देशको आपसी हितका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले बताएको छ ।
प्रतिक्रिया