जिम्लिङ । चितवनस्थित राप्ती नगरपालिका वडा नं.११ काे जिम्लिङमा नेपाली कांग्रेसकाे १०० दिने अभियान अन्तर्गतकाे कार्यक्रम सम्पन्न भएकाे छ ।
कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा चितवन प्रतिनिधि धनबहादुर गुरङकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम नेपाली कांग्रेसले आगामी दिनमा थियाे ।
नेपाली कांग्रेस वडा नं.११ का सभापति हाेमराज चेपाङकाे सभापतित्वमा समपन्न कार्यक्रमकाे विशेष अतिथि नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि माेहनजंग लामा रहेका थिए ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि गुरुङले नेपाली कांग्रेसले जनताकै काम गरिरहेकाे बताउँदै आगामी दिनमा जनतासङ्ग अझ प्रगाढ सम्बन्ध विस्तारका लागि कांग्रेसले १०० दिने विशेष अभियान चलाएकाे बताए । उनले चुनाबकाे बेला चुनावमा उठ्ने नेताहरुले लाेलाेपाेताे आश्वासन बाड्ने गरेपनि सिन्काे भाँच्ने काम नभएकाे बताए ।
यस्तै विशेष अतिथि लामाले गाउँमा विभिन्न खालकाे समस्या रहेकाे बतउँदै ती समस्या समाधानकाे लागि नेपाली कांग्रेस लागिरहने बताए । यही अभियानबाट जनताकाे काममा नेपाली कांग्रेसले पहलकदमी भूमिका निर्वावा गर्ने समेत बताए ।
प्रतिक्रिया