पाेखरा । सहकारीकाे रकम हिनामिना प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालत पेस गरिँदै छ ।
सहकारी ठगी, सम्पत्ति र सङ्गठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रवार सकिएकोले उनलाई पुनः म्याद थपको लागि अदालत उपस्थित गराउन लागिएको हो ।
उनीविरुद्ध काठमाडाै जिल्ला अदालत र चितवन जिल्ला अदालतले पक्राउपुर्जी जारी गरिसकेकाेले म्याद थपपछि क्रमश: काठमाडाैपछि चितवन लैजाने प्रहरीकाे तयारी रहेकाे छ ।
प्रतिक्रिया