जनकपुरधाम । धनुषाको कमला नगरपालिका- २ र जनकनन्दनी गाउँपालिका- ४ को बीचमा पर्ने नहरमा बाेरामा बाँधिएकाे अवस्थामा एक किशोरीको शव फेला परेको छ ।
बोरामा बाँधेर फालिएको अवस्थामा अन्दाजी १८ वर्षीया किशोरीको शव फेला परेको प्रहरीले जनाएकाे छ । प्रहरीले किशोरीको घाँटीमा धारिलो हतियार प्रहार भएको र दुबै खुट्टा बाँधिएको अवस्थामा शव फेला परेको जनाएको छ ।
धान काट्न गएका किसानले नहरमा शंकास्पद अवस्थामा बोरा देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय खजुरीको टोली घटनास्थल पुगेर शव बाहिर निकालेको छ ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।
प्रतिक्रिया