खर्बपति एलन मस्कले के भने प्रधानमन्त्री ओलीलाई ?

काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकाका खर्बपति व्यवसायी एलन मस्कबीच भर्चुअल संवाद भएको छ ।

हिजाे(शुक्रबार) साँझ प्रधानमन्त्री ओली र स्पेश एक्स कम्पनीका मालिक मस्कबीच भर्चुअल संवाद भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको हाे ।

संवादमा के के कुरा भयाे भन्ने विषयलाई प्रधानमन्त्री ओलीकाे सचिवालयले सार्वजनिक गरेकाे छैन ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डीओजीई) को प्रमुख पदमा नियुक्त गरेका छन् ।